चर्च ब्वाइज ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा

सोमबार चर्च ब्वाइजले लिजेन्डलाई १–० ले पराजित गर्दै गरेको हो । चर्च ब्वाइजको तर्फबाट पहिलो हाफको दसौं मिनेटमा मनिषकुमार जर्घाले गरेको गोल नै निर्णयक बन्यो ।

श्रावण २६, २०८२

आनन्द गौतम

Church Boys in Taplejung Gold Cup semi-finals

ताप्लेजुङ — भारतीय पाहुना टोली लिजेन्ड फुटबल एकेडेमी सिलिगुढीलाई हराएर ललितपुरको चर्च ब्वाइज क्लब सोमबार ताप्लेजुङ गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

सोमबार चर्च ब्वाइजले लिजेन्डलाई १–० ले पराजित गर्दै गरेको थियो । चर्च ब्वाइजको तर्फबाट पहिलो हाफको दसौं मिनेटमा मनिषकुमार जर्घाले गरेको गोल नै निर्णयक बन्यो । दायाँ भागबाट रोशन पहाडीले दिएको पास मनिषले गोल गरेका थिए । लिजेन्डका डिफेन्डर प्रितम बेबी ४२ औं मिनेटमा दोहोरो पहेँलोसॅगै रातो कार्ड पाएर बाहिरिएपछि १० खेलाडीमा सीमित भएको थियो ।

प्लेयर अफ द म्याच चर्च ब्वाइजका गोलरक्षक विश्वास चौधरी भए । उनले ७ हजार रुपैयाँ प्राप्त गरे । चर्च ब्वाइजले फाइनल पुग्नका लागि द योङ ब्रदर्स क्लब इटहरी सुनसरीसँग खेल्नुपर्नेछ ।

मंगलबार पाँचथरको फिदिम स्पोर्टिङ क्लब र सलहेस युवा क्लब सिरहाबीच हुनेछ । विजेताले रेडस्टार क्लब झापासँग खेल्नेछ ।

उपाधि विजेताले ७ लाख २ हजार ८२ र उपविजेताले ३ लाख ५० हजार २ सय ८२ रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले बाइक पुरस्कार पाउने स्पर्धाको फाइनल साउन ३१ हुनेछ ।

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully