नेपालमाथि उत्तर कोरियाको सजिलो जित

भुटानको थिम्पुमा भएको खेलमा उत्तर कोरिया ११-० ले जित निकाल्दै समूह 'ए' विजेता बन्यो ।

श्रावण २५, २०८२

कान्तिपुर संवाददाता

Easy win for North Korea over Nepal

काठमाडौँ — तीनपल्टको विश्व तथा दुईपल्टको एसियाली च्याम्पियन उत्तर कोरिया सन् २०२६ को यू-२० वुमेन्स एसियाकपका लागि छनोट भएको छ । लगातार तेस्रो जितका लागि उसले आइतबार नेपाललाई ११-० ले हराएको हो । 

भुटानको थिम्पुमा भएको खेलमा उत्तर कोरिया एकपक्षीय रुपमा हाबी रह्यो । यससँगै उसको ९ अंक भयो र समूह 'ए' विजेता बन्यो । उत्तर कोरियाले अब अर्को वर्ष थाइल्यान्डमा हुने यू-२० प्रतियोगिता खेल्नेछ । 

उत्तर कोरियाले यसअघि साउदी अरेबियालाई १५-० र भुटानलाई १०-० ले हराएको थियो । हारसँगै नेपाल तीन खेलबाट चार अंकमा सीमित रह्यो । आइतबारको अर्को खेलमा भुटान र साउदी अरेबिया भिड्दै छन् । 

यसको नतिजाले नेपाल समूहको कुन स्थानमा रहने हो, त्यो निर्णय गर्नेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully