प्रिक्वाटरफाइनल पुग्ने टिममा पिस प्वाइन्ट, ब्रम्हकुञ्ज, रिब्स, श्वेतासदन, बालविकास, शुभकामना, सञ्जिवनी ज्ञान मन्दिर, ह्वाइट हेभेन, नोबेल, मनास्लु, एकलव्य, कौशल, एक्टिभ र गोकर्णेश्वर लाइट एकेडेमी छन् ।
काठमाडौँ — स्प्रिङ भ्याली र ज्ञान मन्दिर शनिबार प्याब्सन काठमाडौं छात्र फुटसल प्रतियोगिताको प्रिक्वाटरफाइनलमा पुगेका छन् ।
काठमाडौं प्याब्सनको आयोजना तथा काठमाडौं महानगर प्याब्सनको व्यवस्थापनमा भएको प्रतियोगितामा प्रिक्वाटरफाइनल पुग्ने बाँकी १४ टिमको पनि टुंगो लागेको प्रतियोगिता संयोजक सुदर्शन जम्कटेलले जनाएका छन् ।
प्रिक्वाटरफाइनल पुग्ने टिममा पिस प्वाइन्ट, ब्रम्हकुञ्ज, रिब्स, श्वेतासदन, बालविकास, शुभकामना, सञ्जिवनी ज्ञान मन्दिर, ह्वाइट हेभेन, नोबेल, मनास्लु, एकलव्य, कौशल, एक्टिभ र गोकर्णेश्वर लाइट एकेडेमी छन् ।
बागमती स्कुलमा भइरहेको प्रतियोगतामा काठमाडौं महानगर र विभिन्न ९ महानगरपालिका विद्यालयका ४५ टिमको सहभागिता रहेको छ । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १५ हजार र १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।