प्रतियोगितामा नयाँदेखि ब्ल्याकवेल्टसम्म खेलाडी सहभागी थिए । प्रतियोगिताको मुख्य उद्देश्य नयाँ खेलाडी र निर्णायकलाई तेक्वान्दोको व्यावहारिक पक्षबारे विस्तृत जानकारी गराउनुरहेको प्रमुख श्रेष्ठले बताए ।
काठमाडौँ — कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा १३ औं कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता शनिबार भएको छ ।
प्रतियोगितामा २० डोजाङका २ सय ५० भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरेको आयोजक डोजाङका प्रमुख एवं तेक्वान्दोका वरिष्ठ प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन् । विभिन्न ३५ स्पर्धामा खेल भएको थियो ।
प्रतियोगितामा नयाँदेखि ब्ल्याकवेल्टसम्म खेलाडी सहभागी थिए । प्रतियोगिताको मुख्य उद्देश्य नयाँ खेलाडी र निर्णायकलाई तेक्वान्दोको व्यावहारिक पक्षबारे विस्तृत जानकारी गराउनुरहेको प्रमुख श्रेष्ठले बताए ।
दक्षिण कोरियामा भएको वर्ल्ड ओलम्पिक्सको सिनियर ३०–३९ वर्ष उमेर समूहको एकल पुम्से र ६८–७२ केजीमा कांस्य तथा वर्ल्ड पिस तेक्वान्दो च्याम्पियनसिपको एकल पुम्सेमा स्वर्ण जितेका राजकुमार दराईलाई सम्मान गरिएको थियो ।
विजेतालाई बागमती प्रदेशका पूर्वसभामुख सानुकुमार श्रेष्ठ, काठमाडौं महानगरपालिका–३२ का अध्यक्ष नवराज पराजुली, ग्लोबल ट्रेडिसनल तेक्वान्दो फेडरेसनका अध्यक्ष राजकुमार दराई, आयोजक डोजाङ प्रमुख श्रेष्ठलगायतले पुरस्कृत गरे ।