जेम्स थन्डरबोल्ट्सको मैदानमा भएको डीएभी डाँफेजले कान्जिरोबालाईलाई २–१ ले पराजित गरेको छ ।
काठमाडौँ — थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरले आयोजना भइरहेको नेपाल स्कुल फुटबल यू–१८ लिगमा शनिबार डीएभी र लिटिल एन्जल्स (एलए) स्कुल विजयी भएका छन् ।
जेम्स थन्डरबोल्ट्सको मैदानमा भएको डीएभी डाँफेजले कान्जिरोबालाईलाई २–१ ले पराजित गरेको छ ।
डीएभीको जितमा संयोग सारुमगर र संवेग थापाले गोल गरेका थिए ।
अर्को खेलमा लिटिल एन्जलसले रातो बंगला रेड पान्डाजलाई ५–२ ले हराएको थियो । एलएबाट अनुप खत्रीले दुई, देवराज कटवाल र विगुल पोखरेलले १– गोल गरेका थिए । रातो बंगलाका लागि एरन प्रधान र परिवेश खतिवडाले गोल गरे ।
यो लिग सातामा दुई दिन शनिबार र आइतबार मात्र चल्ने छ । आइतबार युलेन्स र जेम्स तथा काठमाडौं र चेल्सी वर्ल्ड स्कुलबीच प्रतिस्पर्धा हुनेछ ।
