भदौ २० देखि २८ हुने दोस्रो एभरेस्ट वुमेन्स भलिबल लिगका लागि मधेश युनाइटेडमा निरुता ठगुन्ना मार्की खेलाडी, प्रशिक्षकमा कोपिला उप्रेती र ब्रान्ड एम्बासडरमा नीति शाह छन् ।
काठमाडौँ — एभरेस्ट महिला भलिबल लिग (इडब्लूभीएल) को फ्रेन्चाइज टिम मधेश युनाइटेडले नयाँ लोगो सार्वजनिक गरेको छ । लोगोले खेल, संस्कृति र मधेशको गर्वलाई एउटै प्रतीकमा समेटेको नयाँ लोगो हरियो रंगको छ ।
खेलकुद र संस्कृतिको संयोजन रहेको लोगोको केन्द्रमा भलिबल राखिएको छ, जसले टिमको खेल र प्रतिस्पर्धाको भाव दर्शाउने युनाइटेडले जनाएको । यसको चारैतिरका लहरले भलिबलको गतिशीलता, ऊर्जा र तीव्रताको प्रतीक दर्शाउँछ । लोगोको माथिल्लो भागमा जानकी मन्दिरप्रेरित एक मन्दिरको आकृति छ, जुन मधेश क्षेत्रको सांस्कृतिक पहिचान र धार्मिक सम्पदाको प्रतीक हो ।
मधेश युनाइटेडको लोगो खेलकुद र संस्कृतिको उत्कृष्ट संयोजन बनेको छ, जसले मधेशको सांस्कृतिक सम्पदा र महिला भलिबलको उदयशील प्रतिनिधित्वलाई एकै साथ प्रस्तुत गरेको छ ।
भदौ २० देखि २८ हुने दोस्रो एभरेस्ट वुमेन्स भलिबल लिगका लागि मधेश युनाइटेडमा निरुता ठगुन्ना मार्की खेलाडी, प्रशिक्षकमा कोपिला उप्रेती र ब्रान्ड एम्बासडरमा नीति शाह छन् ।