काठमान्डु गोर्खाजका प्रमुख प्रशिक्षक मोन्टी देसाई आइपुगे

मोन्टीकै प्रशिक्षणमा नेपालले पहिलो पटक एसिया कप खेलेको थियो भने १० वर्षपछि ट्वान्टी–२० विश्वकपमा पुनरागमन गरेको थियो । फेब्रुअरीमा मात्र काठमाडौं छाडेर गएका मोन्टी ९ महिनापछि नेपाल फर्किएका हुन् ।

श्रावण २२, २०८२

कान्तिपुर संवाददाता

Kathmandu Gorkhaz head coach Monty Desai arrived

काठमाडौँ — काठमान्डु गोर्खाजका प्रमुख प्रशिक्षक मोन्टी देसाई काठमाडौं आइपुगेका छन् । प्रशिक्षक देसाई बिहीबार दिउँसो काठमाडौं आइपुगेका हुन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मोन्टीको स्वागतमा गोर्खाजका कार्यकारी निर्देशक कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहिया र प्रमुख कार्यकारी अधिकृत सुरजसिंह ठकुरीलगायत पुगेका थिए । 

Kathmandu Gorkhaz head coach Monty Desai arrivedमोन्टी २०२३ को फेब्रुअरीदेखि २ वर्ष नेपालको प्रशिक्षक रहेका थिए । यही क्रममा नेपालले विश्वकप लिग-२ का १२ खेलमा ११ खेल जित्दै सिधै २०२३ को एकदिवसीय विश्वकप छनोटमा पुगेको थियो ।

Kathmandu Gorkhaz head coach Monty Desai arrivedमोन्टीकै प्रशिक्षणमा नेपालले पहिलो पटक एसिया कप खेलेको थियो भने १० वर्षपछि ट्वान्टी–२० विश्वकपमा पुनरागमन गरेको थियो । फेब्रुअरीमा मात्र काठमाडौं छाडेर गएका मोन्टी ९ महिनापछि नेपाल फर्किएका हुन् ।

Kathmandu Gorkhaz head coach Monty Desai arrived

कान्तिपुर

Link copied successfully