बुधबार ओडिसा गएको १४ सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल एथलेटिक्स संघका नवनिर्वाचित महासचिव सन्जिव तुलाधरलगायतले बिदाइ गरे ।
काठमाडौँ — भारतको ओडिसामा हुने प्रथम इन्डियन ओपन वर्ल्ड एथलेटिक्स ब्रोन्ज कन्टिनेन्टल टुरमा नेपालका १२ खेलाडीले भाग लिने भएका छन् ।
यही अगस्ट १० मा हुने प्रतियोगिताको पुरुषमा आदेशकुमार यादव, सोमबहादुर कुमाल, मुकेशबहादुर पाल, सलिम देवान, डिल्ली खत्री, रोहित चौधरी र प्रकाश दनुवारले प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ कलेसी चौधरी, नारायणी भण्डारी, सीमाकुमारी चौधरी, चन्द्रकला लाम्गाडे र पूर्णलक्ष्मी न्यौपानेले भाग लिने छन् । अफिसियलमा शिवलाल आचार्य र अनिलरुद्र चौधरी छन् ।
बुधबार ओडासा गएको १४ सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल एथलेटिक्स संघका नवनिर्वाचित महासचिव सन्जिव तुलाधरलगायतले बिदाइ गरे । प्रतियोगितामा १९ राष्ट्रको सहभागिता रहने संघका सचिव आरके विष्टले जानकारी गराएका छन् ।
