जावलाखेल विजयी

जावलाखेलका आर्यन नाथ र सुजन तामाङले गोल गर्दा मछिन्द्रका राहुलकुमार योञ्जनले एक गोल फर्काए।

श्रावण २१, २०८२

कान्तिपुर संवाददाता

Jawalakhel won

काठमाडौँ — जावलाखेल युथ क्लबले मंगलबार एन्फा यू–१६ युथ लिग फुटबलमा जित पाएको छ । जावलाखेलले मछिन्द्र फुटबल क्लबलाई २–१ को जित पाएको छ । ११ खेलमा १६ अंक जोडेको जावलाखेल आठौं स्थानमा उक्लिएको छ ।

मछिन्द्रको समान खेलबाट २३ अंकसहित तेस्रो स्थानमा छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जावलाखेलका आर्यन नाथ र सुजन तामाङले गोल गरे । मछिन्द्रबाट राहुलकुमार योञ्जनले गोल फर्काए । 

मंगलबारै चर्च ब्वाइजले हिमालयन शेर्पालाई २–० र एनआरटीले सातदोबाटो युथलाई १–० ले हराए ।

कान्तिपुर

Link copied successfully