एसियन युथ बक्सिङमा अर्पिललाई कांस्य पदक

एसियन बक्सिङ महासंघको आयोजनामा भएको प्रतियोगितामा अर्पिलले प्रिक्वाटरफाइनलमा साउदी अरेबियाका इब्राहिमलाई ५–० र भुटानका किन्ले फुन्चोलाई ४–१ ले हराएर सेमिफाइनलमा पुगेका थिए ।

श्रावण २१, २०८२

कान्तिपुर संवाददाता

Bronze medal to Arpil in Asian Youth Boxing

काठमाडौँ — नेपालका युवा बक्सर अर्पिल रानाले थाइल्यान्डको बैंककमा भएको एसियाली युथ बक्सिङ च्याम्पियनसिपको पुरुष यू–२२ उमेर समूहमा कांस्य पदक जितेका छन् ।

पुरुष ५० केजी तौल समूहको सेमिफाइनलमा अर्पिल जापानी बक्सर सोदाई कोटोसँग ५–० ले पराजित भएपछि कांस्य पदकमै सीमित भएका हुन् ।

एसियन बक्सिङ महासंघको आयोजनामा भएको प्रतियोगितामा अर्पिलले प्रिक्वाटरफाइनलमा साउदी अरेबियाका इब्राहिमलाई ५–० र भुटानका किन्ले फुन्चोलाई ४–१ ले हराएर सेमिफाइनलमा पुगेका थिए ।

नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीले स्वर्णका दाबेदार जापानी खेलाडीसँग अर्पिलले राम्रो प्रदर्शन गरेको बताएका छन् । ‘जापानका खेलाडी आफ्नो तौल समूहका स्वर्णका दाबेदार हुन् । अर्पिल राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरिरहेको मिसन– २०२६ को प्रशिक्षणमा रहेका खेलाडी हुन् ।

कान्तिपुर

Link copied successfully