खेलाडी दर्ता प्रक्रियामा ४५८ जना खेलाडीले आफ्नो नाम दर्ता गराएका थिए ।
काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग सिजन २ का लागि १५० खेलाडी अक्सनमा छनोट भएका छन् ।
क्यानका प्रवक्ता छुम्बी लामाले जारी गरेको विज्ञप्तिअनुसार साउन २४ गते हुने अक्सनमा १५० जना खेलाडी छनोट गरिएको हो ।
खेलाडी दर्ता प्रक्रियामा ४५८ जना खेलाडीले आफ्नो नाम दर्ता गराएका थिए ।
ती मध्येबाट नेपाल क्रिकेट संघको प्राविधिक समितिले तयार पारेको मापदण्डअनुसार १५० जनालाई अक्सनका लागि छनोट गरिएको हो ।
हेर्नुहोस् सूची
![150 players selected in NPL auction [with list]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/npl-0182025031826-1000x0.jpg&w=1001&h=0)