विश्व स्काइ रनिङमा आयोजक बन्ने नेपालको प्रस्ताव

नेपाल एडभेन्चर रनिङ फेडेरेसनका अध्यक्ष एकेन्द्रबहादुर कुँवरले अगस्ट २ मा इटालीमा भएको अन्तर्राष्ट्रिय स्काइ रनिङ महासंघ (आईएसएफ) को वार्षिक साधारणसभामा सन् २०२६ मा हुने विश्व स्काइ रनिङ आयोजनाको जिम्मेवारी नेपाललाई दिन प्रस्ताव गरेका हुन् ।

श्रावण १९, २०८२

कान्तिपुर संवाददाता

Nepal's proposal to host World Sky Running

काठमाडौँ — नेपाल एडभेन्चर रनिङ फेडेरेसनका अध्यक्ष एकेन्द्रबहादुर कुँवरले नेपालमा विश्व स्काइ रनिङ च्याम्पियनसिप आयोजना गर्न प्रस्ताव गरेका छन् ।

कुँवरले अगस्ट २ मा इटालीमा भएको अन्तर्राष्ट्रिय स्काइ रनिङ महासंघ (आईएसएफ) को वार्षिक साधारणसभामा सन् २०२६ मा हुने विश्व स्काइ रनिङ आयोजनाको जिम्मेवारी नेपाललाई दिन प्रस्ताव गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य कुँवरका अनुसार आईएसएफको अर्को बैठकले यसबारे निर्णय गर्नेछ ।

‘हामीले नेपाललाई विश्व स्काइ रनिङ च्याम्पियनसिप आयोजना गर्ने जिम्मेवारी दिन दिन प्रस्ताव गरेका छौं । उहाँहरू हाम्रो प्रस्तावमा सकारात्मक हुनुहुन्छ,’ उनले भने, ‘आईएसएफको अर्को बैठकले यसबारे निर्णय गर्छ । नेपालमा हामीले गरेको गतिविधि, हाम्रो सक्रियता र अन्तर्राष्ट्रिय सहभागितालाई मध्यनजर गरी आईएसएफले जिम्मेवारी दिनेमा पूर्ण विश्वस्त छु ।’

कान्तिपुर संवाददाता

Link copied successfully