इन्डो-नेपाल अन्तरस्कुल कराते हुने

३५ नेपाली र २५ भारतीय विद्यालयबीच हुने प्रतियोगितामा शीर्ष तीन टिमले १ लाख, ५० हजार, र २५ हजार रुपैयाँ पुरस्कार जित्नेछन्।

श्रावण १९, २०८२

कान्तिपुर संवाददाता

Indo-Nepal Interschool Karate

काठमाडौँ — बज्र स्पोर्ट्स क्लबको आयोजनामा इन्डो–नेपाल खुला अन्तरविद्यालय कराते प्रतियोगिता हुने भएको छ । पहिलो संस्करणमा हुने प्रतियोगिता साउन २४ मा हुनेछ ।

एकदिने प्रतियोगितामा नेपालका ३५ र भारतका २५ विद्यालयको सहभागिता रहने आयोजकले बज्र स्पोर्टसले जनाएको छ । प्रतियोगिताका शीर्ष तीनमा विजेता हुने टिमले क्रमशः १ लाख, ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

उत्कृष्ट प्रशिक्षकले १५ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा एडीबी एजुकेसन कन्सलटेन्सीले मुख्य प्रायोजना गर्ने भएको छ ।

कान्तिपुर

Link copied successfully