च्याम्पियन्स अफ लिजेन्ड्स : पाकिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिकाले जित्यो उपाधि

एबी डिभिलियर्सको अविजित १२० रन

श्रावण १८, २०८२

कान्तिपुर संवाददाता

Champions of Legends: South Africa won the title by defeating Pakistan by 9 wickets

What you should know

काठमाडौँ — वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्स (२०२५)को फाइनलमा पाकिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिकाले उपाधि जितेको छ । 

दक्षिण अफ्रिकाका एबी डिभिलियर्सले अविजित १२० रन बनाउँदै उपाधि दिलाए । खेलमा जितका लागि दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा १९६ रनको लक्ष्य पाएको थियो । 

जसलाई दक्षिण अफ्रिकाले मात्र १६ दशमलव ५ ओभरमै एक विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो र उपाधि जित्यो । यससँगै पाकिस्तान लगातार दोस्रोपटक उपाधि जित्नबाट चुक्यो । 

पहिला ब्याटिङ गरेको पाकिस्तानका लागि ओपनर शरजील खानले ७६ रनको पारी खेले । अन्य कुनै पनि खेलाडीले ५० रनको अंक पार गर्न सकेनन् । 

दक्षिण अफ्रिकाका लागि हार्डस भिज्लोन र भेन पर्नेलले २/२ विकेट लिए । यस्तै इमारान ताहिरले एक विकेट लिए । 

लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाका तर्फबाट एबी डिभिलियर्स र हाशिम अमलाले मात्र ५ दशमलव २ ओभरमा नै ७२ रनको आक्रामक साझेदारी गरे । १४ बलमा १८ रन बनाएका आशिम सईद अजमलको शिकार बने ।

अमला आउट भएपछि तेस्रो नम्बरमा आएका जेपी डुमिनीले एबी डिभिलियर्सको साथमा पाकिस्तान च्याम्पियन्सका कुनै पनि खेलाडीलाई विकेट निकाल्न दिएनन् । दुवै जना मिलेर मात्र १६ दशमलव ५ ओभरमा लक्ष्य भेट्टाउँदै जित दिलाएर । कप्तान डिभिलियर्सले मात्र ४७ बलमा शतक पूरा गरे । 

उनले ६० बल खेल्दै अविजित १२० रन बनाए । आफ्नो पारीमा उनले १२ चौका र ७ छक्का प्रहार गरे । यस्तै जेपीले २८ बलमा अविजित ५० रन बनाए । उनले अर्धशतक बनाउने क्रममा चार चौका र २ छक्का प्रहार गरे ।

कान्तिपुर

Link copied successfully