एक्टिभ, दीपज्योति र जेबीलाई उपाधि

टोखा नगर प्याब्सनको आयोजनामा शनिबार सिनियर ब्वाइजमा एक्टिभले स्वेता सदनलाई टाइब्रेकरमा ३–२ गोलले हरायो ।

श्रावण १७, २०८२

कान्तिपुर संवाददाता

Titles to Active, Deepjyoti and JB

काठमाडौँ — दोस्रो टोखा नगर प्याब्सन अन्तरविद्यालय फुटसल प्रतियोगितामा एक्टिभ स्कुल, दीपज्योति र जेबी स्कुलले उपाधि जितेका छन् । सिनियर ब्वाइजमा एक्टिभ, सिनियर गर्ल्समा दीपज्योति र जुनियर ब्वाइजमा जेबी स्कुल च्याम्पियन भए ।

टोखा नगर प्याब्सनको आयोजनामा शनिबार सिनियर ब्वाइजमा एक्टिभले स्वेता सदनलाई टाइब्रेकरमा ३–२ गोलले हरायो । गर्ल्सको फाइनलमा दीपज्योतिले काठमाडौं ग्लोबल स्कुललाई टाइब्रेकरमा ४–३ गोलले हरायो ।

जुनियर ब्वाइज फाइनलमा जेबीले ग्रिनल्यान्डलाई २–० ले हरायो । विजेतालाई प्याब्सनका केन्द्रीय सहअध्यक्ष गोपाल आचार्य, आयोजक टोखा नगर प्याब्सनका अध्यक्ष अरुणकुमार केसीलगायतले पुरस्कृत गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully