पौडीमा जेम्स च्याम्पियन

मनमैजुस्थित टुसाल मल्टि भेन्युको पौडीपोखरीमा प्रतियोगितामा भएको थियो ।

श्रावण १७, २०८२

कान्तिपुर संवाददाता

James Champion in swimming

काठमाडौँ — जेम्स स्कुल ३३ अंक बटुल्दै चौथो विद्यालयस्तरीय पौडी प्रतियोगितामा शनिबार टिम च्याम्पियन भएको छ ।

मनमैजुस्थित आयोजक टुसाल मल्टि भेन्युको पौडीपोखरीमा भएको प्रतियोगितामा लिटिल एन्जल्स स्कुल दोस्रो भयो । लिटिल एन्जल्सले समान ३३ अंक नै जोडे पनि स्वर्ण संख्याका आधारमा जेम्स च्याम्पियन भएको हो । जेम्सले ४ र लिटिल एन्जल्सले ३ स्वर्ण जितेको थियो ।

तेस्रो स्थान प्रिमियर आइबी वर्ल्ड स्कुल रह्यो । प्रिमियरले कुल २६ अंक बटुल्यो । सहभागी ६४ विद्यालयमध्ये २७ विद्यालय पदक जित्न सफल भए । चौथो डीएभी स्कुल, पाँचौं अक्षरा स्कुल र छैटौं ह्वाइटफिल्ड स्कुल भए । कान्छी खेलाडी ४ वर्षीया विधि नेपालले राइजिङ स्टारको ट्रफी हात पारिन् ।

विजेता खेलाडीलाई टुसाल मल्टि भेन्युका प्रबन्ध निर्देशक लक्ष्मण केसी, तारकेश्वर नगर खेलकुद विकास समितिका अध्यक्ष विक्रम खड्गीलगायतले पुरस्कृत गरेका थिए । तार्केश्वर नगरपालिकाको सहयोग र नेपाल पौडी संघको प्राविधिक सहयोगमा प्रतियोगिता भएको हो ।  

कान्तिपुर संवाददाता

Link copied successfully