राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कागेश्वरी मनोहरा नगर कार्यसमितिले शनिबार थलीमा तेक्वान्दोका अशोक, फुटबलका प्रशिक्षक रसिक कोइराला, खेलाडीद्वय राधिका ओली र सबिना तामाङलाई सम्मान गरेको हो ।
काठमाडौँ — तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का र फुटबल प्रशिक्षक र दुई खेलाडी गरी चार खेलकर्मी सम्मानित भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कागेश्वरी मनोहरा नगर कार्यसमितिले शनिबार थलीमा तेक्वान्दोका अशोक, फुटबलका प्रशिक्षक रसिक कोइराला, खेलाडीद्वय राधिका ओली र सबिना तामाङलाई सम्मान गरेको हो ।
उनीहरूलाई राप्रपाकी महामन्त्री कुन्तीकुमारी शाही, राप्रपा काठमाडौं जिल्ला कार्यसमितिका अध्यक्ष नवराज सिम्खडा र राप्रपा कागेश्वरी मनोहरा नगर कार्यसमितिका अध्यक्ष मणि सिम्खडालगायतले सम्मानपत्र प्रदान गरे ।
सोही अवसरमा २०८१ को एसईईमा ४ जीपीए ल्याउने नगरभित्रका १४ विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो । सम्मानित खेलाडी, प्रशिक्षक र निर्णायक पनि कागेश्वरी मनोहराकै हुन् ।
गोलकिपर राधिकाले नेपालको यू–१५ उमेर समूहबाट खेलेकी थिइन् । सबिना नेपालको यू–१७ उमेर समूहकी फरवार्ड हुन् । तेक्वान्दोका अशोक ग्योरोगी र पुम्सेसहित पाराका अन्तर्राष्ट्रिय निर्णायक हुन् ।