चितवन राइनोजको प्रशिक्षकमा अली

चितवनले शनिबार नेपाली राष्ट्रिय टोलीका पूर्व तीव्र गतिका बलर कलामलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको जनाएको छ ।

श्रावण १७, २०८२

कान्तिपुर संवाददाता

Ali on the coach of Chitwan Rhinos

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली चितवन राइनोजले मुख्य प्रशिक्षकमा कलाम अलीलाई नियुक्त गरेको छ । चितवनले शनिबार नेपाली राष्ट्रिय टोलीका पूर्व तीव्र गतिका बलर कलामलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको जनाएको छ ।

गत सिजन चितवनको प्रशिक्षकमा भारतका उमेश पटवाल थिए । नेपाली राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक रहिसकेका पटवालको स्थानमा चितवनले कलामलाई लिएको हो । गत वर्ष कलाम चितवनकै बलिङ प्रशिक्षकमा थिए । गत वर्ष चितवन शीर्ष चारमा रहँदै प्लेअफमा पुगेको थियो ।

‘बलिङ प्रशिक्षकबाट मुख्य प्रशिक्षक भएर आउँदा अवश्य खुसी लाग्छ, योसँगै चुनौती पनि थपिएको छ । प्रमुख प्रशिक्षक भएपछि जिम्मेवारी पनि बढी हुन्छ,’ कलामले चितवन राइनोजको सामाजिक सञ्जालमा भनेका छन्, ‘मैदानभित्र र बाहिर टिम मिलाएर लैजानुपर्ने हुन्छ, टिम एकता बनाएर लैजानुपर्ने पर्छ, प्रदर्शनमा त्यत्तिकै ध्यान दिनुपर्छ । यी चुनौतीका साथ आएको छु ।’

कान्तिपुर

Link copied successfully