दोस्रो कर्पोरेट क्रिकेट लिग हुने

भदौ १३ देखि १६ सम्म बूढानीलकण्ठको चुनिखेलस्थित रोयल स्पोर्ट्स पार्कमा हुनेछ ।

श्रावण १६, २०८२

कान्तिपुर संवाददाता

To be the second corporate cricket league

काठमाडौँ — भेट्रान्स फोर्टी क्लबले ब्रान्ड लजिकको सहकार्यमा भायानेट कर्पोरेट क्रिकेट लिगको दोस्रो संस्करण आयोजना गर्ने भएको छ ।

भदौ १३ देखि १६ सम्म बूढानीलकण्ठको चुनिखेलस्थित रोयल स्पोर्ट्स पार्कमा हुनेछ । प्रतियोगितामा २० टिमको सहभागिता रहने कमिटीका अध्यक्ष सन्तोष भण्डारीले बताए ।

खेल १० ओभरको हुनेछ । टिमलाई चार समूहमा विभाजन गरेर लिगकम नकआउट प्रारुपमा खेलाइने छ । चार दिन चल्ने प्रतियोगितामा ४७ खेल हुनेछ ।

विजेता र उपविजेताले आकर्षक ट्रफी प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडी, ब्याटर, बलर, फिल्डर, विकेटकिपरलगायत विभिन्न विधामा पुरस्कार प्रदान गरिने भण्डारीले बताए । फेयर प्ले टिम, सर्वाधिक छक्का र चौका प्रहार गर्ने खेलाडीलाई पनि पुरस्कृत गरिनेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully