प्रधानमन्त्रीबाट ‘फिफा फर स्कुल’ अभियानको शुभारम्भ

प्रधानमन्त्री ओलीले भक्तपुरको सूर्यविनायकमा खेल क्षेत्रको विकासलाई प्राथमिकता दिँदै नयाँ र ठूलो रंगशाला बनाउने घोषणा गरे।

श्रावण १५, २०८२

कान्तिपुर संवाददाता

Launch of 'FIFA for Schools' campaign by the Prime Minister

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फिफा फर स्कुल’ अभियानको आज शुभारम्भ गरेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा दशरथ रंगशालामा आयोजित कार्यक्रममा उनले  ‘फिफा’को सहयोगमा करिब एक हजार विद्यालयलाई निःशुल्क रुपमा फुटबल वितरण गरिने अभियानको शुभारम्भ गरेका हुन् । 

सो अवसरमा प्रधानमन्त्री ओलीले मुलुकको समग्र खेल क्षेत्रको विकासलाई प्राथमिकता दिएको बताउँदै भक्तपुरको सूर्यविनायकमा नयाँ र ठूलो रंगशाला निर्माणको घोषणा गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully