साधारणसभाको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका थिए ।
काठमाडौँ — नेपाल भारोत्तोलन संघको चुनावी साधारण सभाले कानन चौधरीको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ । यसअघि तदर्थ समितिमा कानन संयोजक थिए ।
उपाध्यक्षमा विजेन्द्रविक्रम शाह, रुद्रबहादुर न्यौपाने, तिलकबहादुर राउत, गणेशबहादुर चन्द र अनिलकुमार मिश्र, महासचिवमा विपेन्द्र महर्जन, सचिवमा रामेश्वर श्रेष्ठ, सह–सचिव प्रदीपकुमार श्रेष्ठ तथा कोषाध्यक्षमा अशोक शाही चुनिए ।
सदस्यमा ईश्वरबहादुर श्रेष्ठ, शिवनारायण चौधरी, कुन्तीलाल यादव, ठक्करबहादुर बम, अजय शाही, श्यामराज भक्त उदास, अञ्जुकुमारी रानाभाट, तुलाराम थारु, कमलबहादुर भण्डारी र शत्रुघ्न यादव चयन भए । साधारणसभाको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका थिए ।
