युवा बक्सिङ टोली बैंकक प्रस्थान

५ सदस्यीय नेपाली टोली बुधबार थाइल्यान्डको बैंकक गएको छ ।

श्रावण १४, २०८२

कान्तिपुर संवाददाता

Youth boxing team departs Bangkok

काठमाडौँ — एसियाली यू–१९ एन्ड यू–२२ बक्सिङ च्याम्पियनसिपमा नेपालका चार खेलाडीले भाग लिने भएका छन् । ५ सदस्यीय नेपाली टोली बुधबार थाइल्यान्डको बैंकक गएको छ ।

जुलाई ३१ तारिखदेखि सुरु हुने प्रतियोगितामा यू–१९ तर्फ ५० केजीमुनि चन्दन शाही र ६० केजीमुनि शेराप गेल्छेन शेर्पा तथा यू–२२ तर्फ ५० केजीमुनि अर्पिल राना र ६० केजीमा इन्द्रबहादुर सुनारले प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा दीपक महर्जन छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, तालिम तथा प्रशिक्षण विभागका निर्देशक विष्णुबहादुर सिंह, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले बुधबारै बिदाइ गरेका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully