बुमराह र स्टोक्स खेल्नेबारे दुवै टिम दुविधामा

फेरि एकपल्ट भारतसामु आफ्नो तीव्र गतिका बलर जसप्रित बुमराहबारे दुविधा कायम रहनेछ 

श्रावण १३, २०८२

कान्तिपुर संवाददाता

Both teams are confused about playing Bumrah and Stokes

What you should know

म्यानचेस्टर (एएफपी) — भारतले जसरी इंग्ल्यान्डविरुद्धको चौथो टेस्टमा आफूलाई हारबाट बचायो, त्यसलाई ‘ग्रेट स्केप’ भन्दा हुन्छ । ओल्ड ट्राफोर्डमा भएको त्यो टेस्ट बराबरीमा टुंगिएको थियो । अब अन्तिम तथा पाँचौं टेस्ट यसै साता ओभलमा हुनेछ ।

त्यसमा जित निकाल्ने हो भने भारतले शृंखला २–२ को बराबरीमा टुंग्याउन सक्नेछ । यो भने टेस्ट शृंखलामै हारबाट अर्को ‘ग्रेट स्केप’ हुनेछ । यसअगाडि फेरि एकपल्ट भारतसामु आफ्नो तीव्र गतिका बलर जसप्रित बुमराहबारे दुविधा कायम रहनेछ । 

शृंखला सुरु हुनु अगाडि भनिएको थियो, चोटका कारण यी बलरले तीन टेस्ट मात्र खेल्नेछन् । भारत चाहन्छ, बुमराहमाथि कामको बोझ धेरै नहोस् । म्यानचेस्टरमा खेलेको चौथो टेस्ट वरीयतामा शीर्ष बलरका लागि तेस्रो खेल रह्यो । जति बेला बिहीबार पाँचौं टेस्ट सुरु हुनेछ, बुमराहसामु थकानबाट आराम लिने समय पनि हुने छैन । चौथो टेस्टमा उनले ३३ ओभर बलिङ गरे । त्यसमा उनले १ सय १२ रन दिएर २ विकेट लिएका थिए । उनले एकै इनिङ्समा सय रन दिएको यो पहिलो पटक हो । यस्तोमा निर्णायक टेस्टमा के भारत यी ३३ वर्षीय बलरविना खेल्न तयार छ त ? यस्तै समस्या त इंग्लिस टिममा पनि छ । यो अरू कसैलाई लिएर नभई कप्तान बेन स्टोक्सलाई लिएर नै हो । उनी बलिङ गर्न सक्छन्, ब्याटिङ पनि । यस्ता अलराउन्डर टिमका लागि सम्पत्ति नै हुने गर्छन् । तर इंग्ल्यान्डलाई पनि स्टोक्स जत्तिको खेलाडीलाई चोटबाट बचाउनु छ । 

Both teams are confused about playing Bumrah and Stokes

त्यसमाथि इंग्ल्यान्डका लागि एसेज शृंखला नजिक छ । चौथो टेस्ट स्टोक्सका लागि विशेष रह्यो, किनभने उनले एकै टेस्टमा शतक बनाए अनि ५ विकेट पनि लिए । यस्तो उपलब्धि हात पार्ने उनी चौथो इंग्लिस खेलाडीमात्र रहे । अहिली उनी ३४ वर्षका भए । उनले टेस्ट क्रिकेटमा ७ हजार रन बनाइसकेका छन् भने २ सय विकेट हात पारिसकेका छन् । यस्तो उपलब्धि चुम्ने उनी टेस्ट क्रिकेटकै तेस्रो खेलाडी मात्र हुन् । यस्तै उपलब्धि वेस्ट इन्डिजका ग्यारी सोबर्स र ज्याक कालिसले आत्मसात् गरेका थिए । 

शनिबार चौथो टिम स्टोक्सले भारतविरुद्ध भने एकपल्ट पनि बलिङ गरेनन् । उनी चोटबाट गुज्रिरहेको र पीडा सहन बाध्य रहेको देखिन्थ्यो । यस्तोमा स्टोक्सलाई खेलाडीका रूपमा कति प्रयोग गर्ने र नगर्ने हो, यसमा पनि दुविधा हुनेछ । यस्तै समस्या एक खेलाडीलाई लिएर भने छैन । उनी हुन्, भारतीय कप्तान शुभमन गिल । कप्तानका रूपमा उनले भारतका लागि सनसनीपूर्ण डेब्यु गरेका छन् । उनले ४ इनिङ्समा तीन शतक बनाइसकेका छन् । 

अन्य तीन इनिङ्समा भने उनले ३४ रन मात्र जोड्न सकेका छन् । यसको अर्थ के भने उनी आफैं समस्यामा पर्ने सक्ने खेलाडी हुन् । अथवा भनौं, दबाबले उनलाई पनि समाउने गर्छ । चोथो टेस्टमा जति बेला उनी ब्याटिङका लागि ओर्ले, भारत अझै तीन सय रनले पछाडि थियो । तर त्यही बेला उनले १ सय ३ रनको सानदार इनिङ्स खेले । उनलाई यसमा दुई अन्य शतकधारी ब्याटर वासिङ्टन सुन्दर र रवीन्द्र जडेजाले पनि साथ दिए । अब ओभलमा उनीसामु अझ बढी रन जोड्ने अवसर हुनेछ ।

कान्तिपुर

Link copied successfully