किक बक्सिङको सेमिनार हुने

श्रावण १२, २०८२

कान्तिपुर संवाददाता

A seminar on kick boxing will be held

काठमाडौँ — नेपाल किक बक्सिङ एसोसिएसन (डब्लूएफकेओ) ले फ्रिस्टाइल किक बक्सिङको प्रवर्द्धन गर्ने उद्देश्यअनुरूप चारदिने रेफ्री र प्रशिक्षक सेमिनार आयोजना गर्ने भएको छ ।

विश्व फ्रिस्ट्याल किक बक्सिङ अर्गनाइजेसन (डब्लूएफकेओ) का अध्यक्ष ब्रायन डब्लू बेकको प्रमुख आतिथ्यतामा किक बक्सिङ एसोसिएसनले उक्त सेमिनार गर्न लागेको हो । 

उक्त कार्यक्रम आगामी साउन १७ देखि २० गतेसम्म काठमाडौंको जडिबुटीस्थित फाइट क्लब नेपालमा हुनेछ । सोही अवसरमा ब्ल्याक बेस्ट ग्रेडिङ पनि हुने आयोजक एसोसिएसनकी महासचिव विन्दा नेपालीले जानकारी दिइन् । फ्रिस्टाइल किक बक्सिङ चुनौतीपूर्ण र रोचक खेलको रूपमा चिनिन्छ । अध्यक्ष देवराज श्रेष्ठले सेमिनारमा करिब २० जना किक बक्सर सहभागी हुने बताए । 

कान्तिपुर

Link copied successfully