सभात च्याम्पियनसिपमा नेपाली खेलाडीलाई रजत पदक

श्रावण ११, २०८२

कान्तिपुर संवाददाता

Silver medal for Nepali athletes in Sabat Championship

काठमाडौँ — उज्बेकिस्तानको तास्कन्द सहरमा आयोजना भएको वर्ल्ड युथ सभात च्याम्पियनसिपमा नेपालका बसिल तोयनाले रजत पदक जितेका छन् ।

शनिबार प्रतियोगिताको ८०-८५ केजी तौल समूहमा उज्बेकिस्तान, फ्रान्स, अजरबैजान र नेपालका खेलाडीबीच लिग चरणमा खेलाइएको खेलमा नेपालका बसिलले पहिलो खेलमा आयोजक उज्बेकिस्तानका जिदिरोभ मोहम्मदलाई हराई ३ अंक हासिल गरे । दोस्रो खेलमा अजरबैजानका मेहमेद सुलेमनोभलाई पराजित गरी ६ अंक बटुले ।

तेस्रो खेलमा फ्रान्सका मल्भिन पेरिईले वाकओभर दिँदा ९ अंक बटुली फाइनल प्रवश गरेका थिए । ७ अंक बटुलेर फाइनल प्रवेश गरेका फ्रान्सका खेलाडी  मल्भिन पेरिइबीच भएको फाइनलमा  बसिल पराजित भएका थिए । 

करिब दुइ बर्ष अगाडि मात्र नेपाल भित्रिएको यस सभात खेलको विश्व प्रतियोगितामा आफ्नो खेलाड़ीले सभातको पावर हाउस मानिने देशलाई पराजित गरी सभात खेलको जन्मदाता देश फ्रान्सको खेलाडीसँग फाइनलमा उत्कृष्ट प्रदर्शनको बाबजुद पराजित भई रजत पदकमै चित्त बुझाउनु परे पनि गर्व महसुस भएको नेपाल साभातका संस्थापक अध्यक्ष तथा टिम प्रशिक्षक लक्ष्मण बस्नेतले बताए ।

कान्तिपुर

Link copied successfully