काठमाडौँ — राष्ट्रिय मान्यताप्राप्त नेपाल टेनिस संघको ११औं विशेष साधारणसभा तथा निर्वाचनले मनोहरदास मुललाई ४ वर्षका लागि शनिबार अध्यक्षमा निर्विरोध चयन गरेको छ ।
उनको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति पनि निर्विरोध चयन भएको छ । मुल यसअघि नेपाल टेनिस संघ तदर्थ समितिका संयोजक थिए । संयोजकअघि मुल महासचिवको जिम्मेवारीमा थिए । उनी महासचिव रहेको कार्यसमितिको अध्यक्षमा ज्योति राणा रहेका छन् । जसलाई नेपाल ओलम्पिक कमिटीको मान्यता रहेको छ ।
उपाध्यक्षमा दिनेश तुलाधर, विनोद कायस्थ र राजु श्रेष्ठ चुनिए । महासचिवमा निरेशबहादुर श्रेष्ठ, सचिवमा अजय विष्ट र कोषाध्यक्षमा जयजीव हाडा छन् ।
सदस्यमा विष्णुबहादुर थापा, प्रीति बराल, गोपालप्रसाद ज्ञवाली, अशोक गुरुङ, प्रवीण वैद्य, रविन प्रधान, गोकुल श्रेष्ठ, कविन्द्र पन्त, निशान्तकुमार लामिछाने र सुन्दरबहादुर केसी चुनिए ।
नवनिर्वाचित पदाधिकारीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई र प्रमुख निर्वाचन अधिकृत सरोजकुमार पोखरेलले प्रमाण पत्र प्रदान गरेका थिए ।
