राष्ट्रिय तेक्वान्दो संघ सिन्धुपाल्चोक गठन

श्रावण १०, २०८२

अनिश तिवारी

Formation of National Taekwondo Association Sindhupalchok

सिन्धुपाल्चोक — राष्ट्रिय तेक्वान्दो संघको जिल्लास्थित कार्यसमिति तेक्वान्दो मास्टर रोहिन्द्रविक्रम खड्काको नेतृत्वमा गठन गरिएको छ ।

शनिबार राष्ट्रिय तेक्वान्दो संघ नेपाल, वाग्मती प्रदेशअन्तर्गत सिन्धुपाल्चोकमा तेक्वान्दो खेलको प्रवर्द्धन तथा संगठन विस्तारका लागि जिल्ला समिति गठन गरिएको हो । सुनकोसी गाउँपालिका–३, सुकुटे सेराबिचमा सम्पन्न पहिलो भेलाले खड्काको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरेको छ । 

अन्य सदस्यहरूमा प्रदीप तामाङ, कृष्ण श्रेष्ठ, रोजिना कार्की, वासुदेव भुजेल, मन्दिरा पहरी, राजीव कार्की, सुजन श्रेष्ठ र सूर्य खड्का रहेका छन् । 

कार्यक्रममा सुनकोसी गाउँपालिका अध्यक्ष टपिन्द्र तिमल्सिना, राष्ट्रिय तेक्वान्दो संघका केन्द्रीय अध्यक्ष महेश्वर फुयाल, राष्ट्रिय तेक्वान्दो संघ, वाग्मतीका अध्यक्ष ईश्वर सापकोटासहित नेता देवेन्द्र खड्का, रुपकाजी लामा र रामहरि खड्कासहित खेलाडी उपस्थिति थिए । खेलाडीलाई कोरियन र नेपाली सर्टिफिकेट (कुकिवन वान डान) ब्याल्कबेल्ट दिइएको थियो ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully