यू–१४ टोलीलाई डाना कप उपाधि

श्रावण १०, २०८२

कान्तिपुर संवाददाता

Dana Cup title for U-14 team

काठमाडौँ — नेपाली टोलीले डाना कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

डेनमार्कमा भएको प्रतियोगितामा एजी १० फुटबल एकेडेमी, गोल्स फुटबल एकेडेमी र नेपाल फुटबल एकेडेमीको संयुक्त यू–१४ टोलीले उपाधि जितेको हो ।

टोलीले फाइनलमा केन्याको इलाइट सकर एकेडेमीलाई ३–० गोलले पराजित गर्‍यो । विजयी टिमका लागि रिहान बुढामगर, नोआ राई र अर्निश गुप्ताले १–१ गोल गरेकागरेका थिए ।

कान्तिपुर

Link copied successfully