हेल्प नेपाल तेस्रो

श्रावण ८, २०८२

कान्तिपुर संवाददाता

Help Nepal third

काठमाडौँ — नेपालको हेल्प नेपाल स्पोर्ट्स क्लबले काभा च्याम्पियन्स लिग भलिबलमा तेस्रो हुँदै कांस्य पदक जितेको छ ।

माल्दिभ्सको मालेस्थित सोलस सेन्टरमा बुधबार तेस्रो स्थानका लागि भएको खेलमा नेपाली क्लब लिग च्याम्पियन टोली हेल्प नेपालले श्रीलंकाको श्रीलंका पोर्ट अथोरिटी टिमलाई ३–१ को सेटमा हराएको थियो । हेल्प नेपालले २५–२०, २५–१५, २०–२५, २५–२३ को सेटमा जित निकालेको हो । लिग चरणमा पनि हेल्प नेपाल तेस्रो र पोर्ट अथोरिटी चौथो भएको थियो । 

त्यसैले तेस्रो स्थानका लागि यी दुई टिमबीच प्रतिस्पर्धा भएको थियो । ६ टोली प्रतिस्पर्धाी रहेको च्याम्पियन्स लिगमा हेल्प नेपाल र किर्गिस्तानको बिस्केक–भीसीले समान ११ अंक जोडे पनि सेट रेसियोमा झिनो अन्तरले पछि पर्दा हेल्प नेपाल तेस्रो स्थानमा रहेको थियो । दोस्रोमा रहेर बिस्केक र शीर्षमा रहेर काजकिस्तानको जायक भीसी फाइनल पुगेका थिए । फाइनल बुधबार राति हुने तालिका थियो ।

कान्तिपुर

Link copied successfully