काजल उत्कृष्ट निर्णायक

श्रावण ५, २०८२

कान्तिपुर संवाददाता

Kajal is an excellent judge

What you should know

काठमाडौँ — तेक्वान्दोकी अन्तर्राष्ट्रिय निर्णायक काजल श्रेष्ठ वर्ल्ड तेक्वान्दो हान्मादाङमा उत्कृष्ट निर्णायक घोषित भएकी छन् ।

अमेरिकाको क्यालिफोर्निया जुलाई १७ देखि १९ तारिखसम्म भएको प्रतियोगितामा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता काजलले प्रतियोगितामा ग्योरोगी र पुम्सेमा निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् । 

प्रतियोगितामा ८० निर्णायकको सहभागिता रहेको बताइएको छ । प्रतियोगितामा ३० राष्ट्रका १ हजार ७ सय खेलाडी सहभागी थिए ।

काजलले यसअघि अस्ट्रेलियन ओपन तथा जापानमा २०२४ र २०२५ मा भएको वाटा ओपन तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् । २०२५ मा काजल उत्कृष्ट निर्णायक पनि घोषित भएकी थिइन् ।

कान्तिपुर संवाददाता

Link copied successfully