केल्मी नेपाललाई इन्टरनेसनल मार्केट डेभलपमेन्ट अवार्ड

श्रावण ५, २०८२

कान्तिपुर संवाददाता

International Market Development Award to Kelmi Nepal

What you should know

काठमाडौँ — केल्मी नेपाल इन्टरनेसनल मार्केट डेभलपमेन्ट अवार्डबाट सम्मानित भएको छ । केल्मीले २०२६ ग्रीष्मकालीन अन्तर्राष्ट्रिय टिम वेयर मिटको अवसरमा केल्मी मुख्यालय चीनको जिनजिएङमा आयोजित एक विशेष समारोहमा केल्मीलाई सम्मानित गरिएको थियो ।

केल्मी नेपालका निर्देशक प्रदीप न्यौपाने र प्रबन्ध निर्देशक उत्तम न्यौपानेले उक्त अवार्ड ग्रहण गरेका थिए । विश्वप्रसिद्ध स्पोर्ट्सवेयर ब्रान्ड केल्मीले अन्तर्राष्ट्रिय बजारमा आफ्नो प्रभाव विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिहरूलाई पुरस्कृत गर्दै पनि आएको छ । नेपाली बजारमा पनि केल्मीले आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ । 

केल्मीको मुख्यालयमा आयोजित २०२६ ग्रीष्मकालीन अन्तर्राष्ट्रिय टिम वेयर मिटमा विश्वभरका प्रतिनिधिहरू उपस्थित भएका थिए । पुरस्कार ग्रहणपछि प्रबन्ध निर्देशक उत्तम न्यौपानेले भने, ‘यो पुरस्कारले हामीलाई थप प्रेरणा प्रदान गरेको छ । हामी केल्मीसँगको आफ्नो साझेदारीलाई अझ सुदृढ गर्दै नेपालमा खेलकुद संस्कृतिलाई प्रोत्साहन गर्न र विश्वस्तरीय स्पोर्ट्सवेयर उपलब्ध गराउन प्रतिबद्ध छौं ।’

नेपालमा केल्मीको बजारलाई अझ विस्तार गर्न, नयाँ र नवीन उत्पादनहरू ल्याउन तथा नेपाली खेलकुद क्षेत्रलाई थप सशक्त बनाउन योजना बनाइरहेको पनि न्यौपानेले बताए ।

कान्तिपुर

Link copied successfully