यू-१७ महिला च्याम्पियनसिपका लागि रितेश मल्ल प्रशिक्षक नियुक्त

श्रावण ४, २०८२

कान्तिपुर संवाददाता

Ritesh Mall appointed coach for U-17 Women's Championship

What you should know

काठमाडौँ — भुटानमा हुने साफ यू-१७ महिला च्याम्पियनसिपका लागि नेपाली यू-१७ महिला टोलीको सहायक प्रशिक्षकमा रितेश मल्ललाई नियुक्त गरिएको छ । 

त्यस्तै श्रीलङ्कामा हुने साफ यू -१७ पुरुष च्याम्पियनसिपका लागि नेपाल टोलीको सहायक प्रशिक्षकमा रामचन्द्र थापा र गोलकिपर प्रशिक्षकमा राजु सिंहलाई नियुक्त गरिएको छ।

नवनियुक्त तीनै जनालाई एन्फा महासचिव किरण राईले आज एन्फा कम्प्लेक्स सातदोबाटोमा नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् ।  

कान्तिपुर संवाददाता

Link copied successfully