What you should know
काठमाडौँ — त्रियोग हाइस्कुलको आयोजनामा पाँचौं त्रियोग अन्तरस्कुल चेस प्रतियोगिता आइतबार सुरु हुँदै छ । स्विस लिग प्रणालीमा हुने प्रतियोगितामा ६० विद्यालयका करिब ४ सय विद्यार्थीको सहभागिता रहनेछ ।
पहिलो दिन छनोट खेल हुनेछ । हरेक स्पर्धामा शीर्ष २० स्थान पाउने खेलाडीबीच दोस्रो दिन खेल हुनेछ । प्रतियोगितामा ८ स्पर्धा समावेश गरिएको स्कुलले जनाएको छ । ३ कक्षासम्म, कक्षा ४ र ५, कक्षा ६ र ७ तथा कक्षा ८ देखि १० सम्मका छात्र तथा छात्राको स्पर्धा छ ।
