‘पीजीए टुर’ पथमा सद्भाव

एनसीएए डिभिजन वान खेल्न १० लाख डलरको छात्रवृत्ति

श्रावण ३, २०८२

विनोद पाण्डे

Harmony on the PGA Tour

What you should know

काठमाडौँ — नेपालका नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्यले अमेरिकाको नेसनल कलेज एथलेटिक एसोसिएसन (एनसीएए) डिभिजन वान खेल्न प्रतिष्ठित छात्रवृत्ति पाएका छन् । सान एन्टोनियोमा अवस्थित युनिभर्सिटी अफ टेक्सास (यूटीएसए) मा स्नातक पढ्नका लागि १८ वर्षे सद्भावले झन्डै १० लाख डलरको छात्रवृत्ति पाएका हुन् ।

उनका अनुसार यूटीएसएका प्रमुख प्रशिक्षक म्याट वेर्निकले यो छात्रवृत्तिका लागि प्रस्ताव गरेका थिए । अमेरिकामै भएको जुनियर प्लेयर्स च्याम्पियनसिप र यूएईको अबुधाबीमा भएको फाल्डो जुनियर टुर युरोपियन ग्रान्ड फाइनलमा गरेको प्रदर्शनका आधारमा सद्भावलाई उक्त छात्रवृत्ति प्रस्ताव गरिएको थियो । उनी सोमबार अमेरिका लाग्नेछन् ।

गत वर्ष सद्भावले उत्कृष्ट प्रदर्शन गरेका थिए । अबुधाबीमा उनले १७ देखि २१ वर्ष उमेर समूहको फाल्डो जुनियर टुर युरोपियन ग्रान्ड फाइनल जितेका थिए भने समग्रमा उपविजेता भएका थिए । ‘प्रशिक्षक वेर्निकले गत वर्षदेखि मेरो खेललाई पछ्याउनुभएको रहेछ, उहाँले पछि मलाई सम्पर्क गरेर युनिभर्सिटीका तर्फबाट छात्रवृत्तिको प्रस्ताव राख्नुभयो,’ सद्भावले भने, ‘जुनियर्स प्लेयर्स च्याम्पियनसिप र फाल्डो जुनियर टुर युरोपियन ग्रान्ड फाइनलमा मेरो प्रदर्शनबाट उहाँ निकै प्रभावित हुनुहुन्थ्यो ।’ 

आगामी चार वर्षमा सद्भावले यूटीएसएको प्रतिनिधित्व गर्दै एनसीएए डिभिजन वानमा खेल्नुका साथै मार्केटिङ एन्ड मार्केटिङ म्यानेजमेन्ट कोर्समा स्नातक गर्नेछन् । युनिभर्सिटीको गल्फ टोलीमा ७ खेलाडी छन्, त्यसमा ५ खेलाडीले आउने वर्ष १३ प्रतियोगितामा खेल्नेछन् । ‘टोलीमा ४ अमेरिकी, २ मेक्सिकन खेलाडी र म छु । आन्तरिक छनोटपछि प्रशिक्षकले प्रत्येक खेलका लागि ५ खेलाडी छनोट गर्नेछन्,’ सद्भावले भने । उनले एक्सक्लुसिभ क्लबमा सदस्यता पाएका छन् । 

Harmony on the PGA Tour

अमेरिकीबाहेक अन्यलाई यसमा दोब्बर शुल्क लाग्छ । पढाइ खर्च वार्षिक करिब ५५ हजार डलरका दरले ४ वर्षको २ लाख २० हजार डलर लाग्छ । वर्षको सदस्यता शुल्कमात्र त्यसमा ५० हजार डलर पर्छ । त्यसबाहेक पनि सबै सुविधा दिएको छ । गल्फ कार्ड, ड्राइभिङ रेन्ज, सिमुलेटर, इन्डोर सुविधा सबै दिएको छ । प्रशिक्षकहरू जुनै पनि बेला उनको साथमा हुनेछन् । यो सुविधाका लागि वर्षको ७०–८० हजार डलर पर्छ । सद्भावले वर्षको दर्जनभन्दा बढी प्रतियोगिता खेल्नेछन्, त्यसको सबै खर्च कलेजले बेहोर्छ । 

एउटा प्रतियोगिता खेल्ने हो भने ३ हजार डलरसम्म खर्च हुन्छ । प्रतियोगिता खेल्दै मात्र ३० देखि ४५ हजार डलर खर्च हुँदा ४ वर्षको १ लाख २० हजार डलरसम्म लाग्छ । यसै छात्रवृत्तिअन्तर्गत गल्फको शीर्ष खेल सामग्री कम्पनी क्यालवेले सद्भावलाई चाहिने बल, ग्लोभ्स, जुत्ता, किट ब्यागहरू उपलब्ध गराइदिने भएको छ । यसको खर्च वर्षको २० हजार डलर रहेको छ । 

‘पैसामा यो तौलिनै मिल्दैन, यो ठूलो प्याकेज हो । हामीले खर्च गर्ने हो भने यो सबैको १० करोड रुपैयाँभन्दा माथि लाग्छ,’ सद्भावका बुवा दीपक आचार्य भन्छन् । यो नेपाली खेलाडीले पाएको अहिलेसम्मकै ठूलो अवसर भएको बताउँदै नेपाल गल्फ संघ (एनजीए) र प्रोफेसनल गल्फ संघका महासचिव दीपक थप्छन्, ‘एनसीएए 

डिभिजन वानमा छिर्न विश्वका कुनै पनि गल्फरलाई सजिलो छैन । सद्भावले यूटीएसएबाट कलेज गल्फ खेल्नेछन्, जहाँ उनलाई शिक्षा, प्रशिक्षण, स्वास्थ्यसम्बन्धी सबै सुविधा मिल्नेछ ।’ 

पीजीए टुर छिर्नका लागि एनसीएए एउटा माध्यम पनि भएकाले सद्भावको लक्ष्य पनि यही भएको दीपक बताउँछन् । ‘यो ठूलो अवसर हो, किनभने एनसीएएले पीजीए र अन्य ग्लोबल टुरका लागि ढोका खोलिदिन्छ,’ उनले थपे, ‘एनसीएएमा शीर्ष स्थान रहने खेलाडीले पीजीए टुर कार्ड बनाउँछन् । शीर्ष १० देखि १५ स्थानमा रहने खेलाडी पीएजीएका अन्य इभेन्ट्ससहित युरोपियन र एसियन टुर्सलाई छानिनेछन् ।’

Harmony on the PGA Tour

एनसीएए डिभिजन १ को खेलाडीका रूपमा सद्भावले टीपीसी सान एन्टोनियोमा सदस्यता पाउने छन् । यही भूमिमा भालेरो टेक्सास ओपन हुँदै आएको छ । उनले क्लबको ३६ होलमा प्रशिक्षण गर्ने सुविधा पाउनेछन् । सद्भावले जुलाई ३० देखि ओहाइयोमा हुने १२५औं यूएस एमेच्योर च्याम्पियनसिपको छनोटमा खेल्नेछन् । 

गत जनवरीमा उनले ३८ औं बंगलादेश एमेच्योर ओपन जितेका थिए । यो प्रतियोगिता जित्ने उनी पहिलो नेपाली खेलाडी हुन् । बंगलादेश एमेच्योर ओपनको ३६ र ३८ औं संस्करणमा टिम इभेन्ट जित्दा पनि सद्भावले प्रमुख भूमिका खेलेका थिए । गोकर्ण गल्फ क्लबबाट करिअर सुरु गरेका उनी विश्व एमेच्योर गल्फ वरीयतामा १८४ औं स्थानमा छन् । 

वर्ष २०२४ मा एनजीएले आयोजना गरेको ८ मध्ये ७ प्रतियोगिता जितेका थिए । उनले नेपाल एमेच्योर ओपनमा १२ अन्डर पार ६० को कार्ड बनाउँदै कीर्तिमान नै कायम गरी व्यक्तिगत र टिम गोल्ड जितेका थिए । सो क्रममा उनले २० अन्डर १ सय ९६ स्कोर गरेका थिए । सद्भाव सबैभन्दा कम उमेरमा व्यावसायिक उपाधि जित्ने नेपाली खेलाडी पनि हुन् । 

सन् २०२३ मार्चमा सूर्य नेपाल च्यालेन्ज जित्दा उनी केवल १६ वर्ष १० महिनाका थिए । २०२४ मा उनले सूर्य नेपाल सेन्ट्रल ओपन र एनपीएजीए टुर च्याम्पियनसिप जितेका थिए ।

विनोद पाण्डे पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully