जिम्न्याष्टिक संघमा प्रधानको निरन्तरता

श्रावण ३, २०८२

कान्तिपुर संवाददाता

Continuity of Principal in the Gymnastic Association

What you should know

काठमाडौँ — नेपाल जिम्न्याष्टिक संघको साधारण सभाले शनिबार पुनः ध्रुवबहादुर प्रधानको अध्यक्षतामा २२ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

उपाध्यक्षमा बाबुराम थापा, दीपकृष्ण प्रजापति, सुशीलप्रकाश प्रधान, वचन देउजा, प्रमिला सिंह श्रेष्ठ र राजकुमार कार्की छन् । मुकुन्दराज शर्मा महासचिव, रामप्रसाद बस्याल र कुस्मिला आचार्य सचिव, सुनीलमान सिंह कोषाध्यक्ष र संगीता खड्का सह–कोषाध्यक्ष भएका छन् । सूर्यबहादुर अधिकारी, श्रीप्रसाद कोजु, विष्णुनारायण ग्वाछा, नीरज थापा, शिवप्रसाद गौतम, राजु केसी, राजु कायस्थ, पर्मेश्वर जोशी, राजेशमान श्रेष्ठ र विवेकानन्द चौधरी सदस्यमा चुनिए ।

नवनिर्वाचित पदाधिकारीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य कमलबहादुर भट्टराईले प्रमाणपत्र प्रदान गरे । साधारणसभामा एसियन जिम्न्याष्टिक युनियनका प्रतिनिधि कौशिककुमार बिडिवाला पनि उपस्थित थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully