रेफ्री कोसिस मेलबर्नमा निर्णायक बन्ने

श्रावण १, २०८२

कान्तिपुर संवाददाता

The referee tries to be the referee in Melbourne

What you should know

काठमाडौँ — नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री कोसिसबहादुर खड्काले अस्ट्रेलियाको मेलबर्नमा हुने केपीएनपी अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०२५ मा रेफ्रीको भूमिका निर्वाह गर्ने भएका छन् ।

जुलाई २० देखि सुरु हुने च्याम्पियनसिपलाई खड्का आज बिहीबार त्यसतर्फ जानेछन् । उनलाई बिहीबारै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बिदाइ गरेका थिए ।

नेपालमै सम्पन्न आठौं दक्षिण एसियाली खेलकुदमा तेक्वान्दोका लागि स्वर्ण पदक जितेका कोसिसले हाङचाउ एसियाली खेलकुदमा पनि रेफ्रीको भूमिका निर्वाह गरेका थिए ।

कान्तिपुर

Link copied successfully