ज्ञान, ग्रिनलन्स र बौद्ध चिल्ड्रेन च्याम्पियन

श्रावण १, २०८२

कान्तिपुर संवाददाता

Gyan, Grinlans and Buddhist Children's Champion

काठमाडौँ — ज्ञान निकेतन, ग्रिनलन्स र बौद्ध चिल्ड्रेन हेभनले दोस्रो काठमाडौं जेभियर्स पब्लिक थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा उपाधि जितेका छन् ।

ज्ञान निकेतन सिनियर ब्वाइज, ग्रिनलन्स जुनियर ब्वाइज र बौद्ध सिनियर गर्ल्समा च्याम्पियन भएका हुन् । आयोजक काठमाडौं जेभियर्स पब्लिक स्कुलको कोर्टमा भएको फाइनलमा ज्ञान निकेतनले विल्सन एकेडेमीलाई १२–१० स्कोरले पराजित गर्‍यो । हेम्स तेस्रो भयो ।

जुनियर ब्वाइजको फाइनलमा ग्रिनलन्सले स्पाङ्गेललाई ११–७ ले हरायो । ज्ञान निकेतन तेस्रो भयो । गर्ल्सको उपाधि बौद्धले डेफोडिल पब्लिक स्कुललाई ८–६ ले हराएर जित्यो । हिमाली तेस्रो स्थानमा रह्यो । तीनै विधाका विजेताले ७ हजार १ सय ११ र उपविजेताले ५ हजार १ सय ११ नगद पुरस्कार प्राप्त गरे ।

सिनियर ब्वाइजमा ज्ञान निकेतनका महेन्द्र प्याकुरेल, जुयिनर ब्वाइजमा ग्रिनलन्सका प्रवेश प्रधान र सिनियर गर्ल्समा बौद्धकी ल्हामु शेर्पा मोस्ट भ्यालुएबल प्लेयर  घोषित भए ।

विजेतालाई काठमाडौं महानगरपालिका वडा १० का अध्यक्ष रामकुमार केसी, काठमाडौं प्याब्सनका अध्यक्ष नवराज भट्ट, काठमाडौं जेभियर्स संस्थापक प्रिन्सिपल आरबी अधिकारीलगायतले पुरस्कृत गरे ।

कान्तिपुर

Link copied successfully