काठमाडौँ — ज्ञान निकेतन र विल्सन एकेडेमी बुधबार दोस्रो काठमाडौं जेभियर्स पब्लिक थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा फाइनल पुगेका छन् ।
आयोजक काठमाडौं जेभियर्स पब्लिक स्कुलको कोर्टमा सम्पन्न सेमिफाइनलमा ज्ञान निकेतनले माइलस्टोनलाई १७–९ र विल्सनले हेम्सलाई १२–९ स्कोरले पराजित गरे ।
जुनियर ब्वाइजमा स्पाङ्गेलले केएमसीलाई ८–६ र ग्रिनलन्सले ज्ञान निकेतनलाई १०–८ ले हराएर फाइनल भेट पक्का गरे । सिनियर गर्ल्समा बौद्ध चिल्ड्रेन हेभनले क्यानभास वसन्त ऋतुलाई ११–७ ले र डाफोडिल पब्लिक स्कुलले हिमालीलाई ८–३ ले हराएर फाइनलमा स्थान सुरक्षित गरे ।
