व्यस्तता र सफलतामा चेल्सी

असार ३२, २०८२

एएफपी

Chelsea in busyness and success

न्युयोर्क — फिफा क्लब विश्वकप जित्नु अर्थ चेल्सीका लागि प्रशिक्षक इन्जो मारेस्काको नेतृत्वमा एउटा राम्रो सिजनको अन्त्य रह्यो । यससँगै चेल्सीका लागि निकै लामो म्याराथन सिजन पनि सकिएको छ । 

डर छ, कतै यसले अबको टिमको प्रदर्शनमा नकारात्मक प्रभाव पर्ने त होइन ? कोल पाल्मरको उत्कृष्ट प्रदर्शनप्रेरित चेल्सीले मेटलाइफ रंगशालामा पेरिस जेन्ट जर्मेन (पीएसजी) लाई ३–० ले हराएको थियो । पछिल्लो ११ महिनामा चेल्सीले खेलेको यो ६४ औं खेल रह्यो ।

चेल्सीले इंग्लिस प्रिमियर लिगमा चौथो स्थान हात पार्नुका साथै युरोपा कन्फ्रेन्स लिग जितेको थियो । उपलब्धिका रूपमा यो चेल्सीका लागि कम्तीमा सुखद सिजन बन्यो । प्रशिक्षक मारेस्का म्यानचेस्टर सिटीमा छँदा पेप ग्वार्डिओलाका सहायक थिए । उनकै नेतृत्वमा लेस्टर सिटीले प्रिमियर लिगमा बढुवाको उपलब्धि चुमेको थियो । 

‘यो सिजन उत्कृष्ट रह्यो, म आफ्ना खेलाडीका लागि असाध्यै खुसी छु,’ इटालीका प्रशक्षिकले भनेका छन् । खेलाडीमा प्रतिभा भएर मात्र पुग्दैन, हामीले धेरैपल्ट यस्तो भनेका छौं । सबै खेलाडीलाई एकजुट गराएर खेलाउनु चुनौती पनि हुने गर्छ ।’ स्टानफोर्ड ब्रिज क्लबका लागि यो सिजनले प्रगतिको संकेत गर्छ, किनभने दुई अगाडिसम्म चेल्सी प्रिमियर लिगको आधा पछिल्लो भागमा थियो । 

अहिलेको क्लब विश्वकपमा चेल्सीका लागि जाओ पेड्रोले प्रभावशाली प्रदर्शन गरेका छन् । उनी ब्राइटनबाट चेल्सी आएयता आफ्नो बिदा बीचमै रोकेर चेल्सी आएका थिए । यी ब्राजिली खेलाडीका लागि चेल्सीले ७ करोड ९० लाख डलर तिरेको थियो । अमेरिका बसाइका क्रममा लियान डेलाप, डारियो इसागो, मामाडोउ सार र आन्द्रे सान्तोसले सक्दो राम्रो खेलेका छन् । 

चेल्सीले उपाधि जितेसँगै ११ करोड ५० लाख डलर पनि हात पारेको छ । तर साँच्चै के यो चेल्सीका लागि महँगो सावित हुने त होइन ? अबको सिजन चेल्सीलाई लगातार खेलेका खेलाडीको समस्याले पिराल्न सक्नेछ । चेल्सी अमेरिकामा व्यस्त हुँदा प्रिमियर लिगको विजेता लिभरपुल र उपविजेता आर्सनल आफ्नो टिम बनाउन व्यस्त रह्यो । उनीहरूका खेलाडीले लामो बिदा पनि पाए । 

सिटी भने लामो समय क्लब विश्वकपमा टिकेन । खेलाडीहरूको विश्व संगठन फिफ–प्रोले भनेको छ, स्टार खेलाडीले एक सिजन बढीभन्दा बढी खेल खेल्नुपर्ने बाध्यता छ । प्रस्तावित उपाय के छ भने सिजनको बीचमा चार साता अनिवार्य बिदा हुनुपर्नेछ र नयाँ सिजन अगाडि चार साताको तयारी समय पनि हुनुपर्नेछ । चेल्सीले यस्तो केही सुविधा पाउन सकेन । 

चेल्सीले अबको सिजनको पहिलो लिग खेलमा क्रिस्टल प्यालेसको सामना गर्नेछ । यो अगस्ट १७ मा छ । यो क्लब विश्वकप फाइनल सकिएको पाँच सातापछि हुनेछ । चेल्सीले यसअघि बायर लेभरकुजनसँग मैत्रीपूर्ण खेल पनि खेल्नेछ । मारेस्का भन्छन्, ‘पछिल्लो १५ महिनादेखि म लगातार काम गरिरहेको छु, मलाई अबको तीन साता बिदा चाहिएको छ ।’

एएफपी

Link copied successfully