काठमाडौँ — फास्ट बलर मिचेल स्टार्कको घातक ओपनिङ स्पेलको मदतले अस्ट्रेलियाले तेस्रो तथा अन्तिम टेस्टको तेस्रो दिन सोमबार वेस्ट इन्डिजलाई दोस्रो इनिङ्समा २७ रनमै अलआउट गरेको छ । यससँगै अस्ट्रेलिया १ सय ७६ रनले विजयी रह्यो ।
सबिना पार्कमा भएको टेस्ट जितेर अस्ट्रेलियाले तीन खेलको शृंखलामा ‘ह्वाइट वास’ पनि गरेको छ । यससँगै अस्ट्रेलियाले फ्रायन्क वारेल ट्रफी आफूले कायम राखेको छ । पूरा शृंखलामा वेस्ट इन्डिजको प्रदर्शन भने कमजोर रह्यो ।
स्टार्कले टेस्ट क्रिकेटमा आफ्नो चार सय विकेट पूरा गरे भने स्कट बोलान्डले ह्याट्रिक पनि गरे । वेस्ट इन्डिजले टेस्ट क्रिकेटकै सबैन्दा कम स्कोरको कीर्तिमानको दुर्भाग्य भने आफ्नो नाममा लेखाउनु परेन । सन् १९५५ मा न्युजिल्यान्ड २६ रनमा अलआउट भएको थियो ।
