काठमाडौँ — आयोजक काठमाडौं जेभियर्स पब्लिक स्कुल र हिमाली दोस्रो काठमाडौं जेभियर्स पब्लिक थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको सिनियर्स गर्ल्समा क्वाटरफाइनल पुगेका छन् ।
सिनियर गर्ल्समै बौद्ध चिल्ड्रेन हेभन, काठमाडौं शिक्षालय, पाठशाला, डाफोडिल पब्लिक स्कुल, क्यानभास वसन्त ऋतु र केएमसीले पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
सिनियर ब्वाइजमा हेम्स ‘ए’ र ‘बी’, पाठशाला, फ्लोरिडा ‘ए’ र ‘बी’, चैतन्य, काठमाडौं जेभियर्स, ज्ञान निकेतन, भ्याली भ्यु, सनसाइन, विल्सन एकेडेमी ‘ए’ र ‘बी’, डेफोडिल, इनोभेटिभ, माइलस्टोन र स्पाङ्गेलले प्रिक्वाटरफाइनल पुगेका छन् ।
जुनियर ब्वाइजमा काठमाडौं शिक्षालय, ज्ञान निकेतन, केएमसी, ग्रिनलन्स, फ्लोरिडा, केइएस, काठमाडौं जेभियर्स, अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए), केसीसी, स्प्ङागेल र ग्रिनलन्सले प्रिक्वाटरफाइनल यात्रा तय गरे ।
प्रतियोगिताको काठमाडौं जेभियर्सका संस्थापक प्रिन्सिपल एवं काठमाडौं प्याब्सनका उपाध्यक्ष आरबी अधिकारी, काठमाडौं प्याब्सनका सह–सचिव दिनेश पाण्डे र काठमाडौं महानगर प्याब्सनका अध्यक्ष गगनसिंह ऐरले संयुक्त रूपमा उद्घाटन गरे ।
प्रतियोगिताको सिनियर ब्वाइज र जुनियर ब्वाइजमा समान २४–२४ तथा सिनियर गर्ल्समा १६ गरी ६४ टिम सहभागी छन् ।
