मीनाको ह्‍याट्रिकमा श्रीलंकामाथि नेपालको सहज जित

असार ३१, २०८२

कान्तिपुर संवाददाता

Meena's hat-trick helped Nepal win easily over Sri Lanka

काठमाडौँ — नेपालले साफ यू-२० महिला च्याम्पियनसिप फुटबलमा श्रीलंकालाई पराजित गर्दै दोस्रो जित हात पारेको छ । निर्धारित समयभन्दा ढिला सुरु भएको मंगलबारको खेलमा नेपालले श्रीलंकालाई ७-० ले पराजित गरेको हो ।

नेपालको जितमा मीना देउवाले ह्याट्रिक गरिन् भने पूर्णिमा राईले दुई गोल गरिन् । थप दुई गोल समीक्षा मगर र सरिता कुमारीका नाममा रह्यो ।

बंगलादेशको ढाकास्थित वसुन्धारा किंग्स एरिनाको अभ्यास मैदानमा भएको खेलमा प्राप्त जितपछि नेपालको ६ अंक भएको छ । बंगलादेश भने तीन जितसहित ९ अंक लिएर शीर्ष स्थानमा छ । भुटानको ३ अंक छ । लगातार तेस्रो हार बेहोरेको श्रीलंका भने अंकविहीन छ ।

कान्तिपुर

Link copied successfully