काठमाडौँ — भुटानमा हुने साफ यू–१७ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको सहायक प्रशिक्षकमा नरेश थापा र गोलकिपिङ प्रशिक्षकमा चन्द्रादेवी दाहाललाई नियुक्त गरिएको छ ।
टिम म्यानेजरको जिम्मेवारी निरु थापालाई दिइएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले तीनै जनालाई नियुक्तिपत्र हस्तान्तरण गरेका छन् ।
चार टिमको सहभागिता रहने प्रतियोगिता अगस्ट २०–३१ सम्म भुटानको थिम्पूमा हुनेछ ।
