लर्डस् टेस्ट रोमाञ्चक मोडमा

असार ३०, २०८२

कान्तिपुर संवाददाता

Lord's Test in exciting mode

काठमाडौँ — इंग्ल्यान्ड र भारतबीच लर्डस्‌मा भइरहेको तेस्रो टेस्ट रोमाञ्चक मोडमा पुगेको छ । चौथो दिनको खेल समाप्त हुँदा भारतले आफ्नो दोस्रो इनिङ्स सुरु गर्दै चार विकेटमा ५८ रन बनाएको छ र जितबाट १ सय ३५ रन टाढा छ ।

भारतका लागि केएल राहुल ३३ रन बनाएर नटआउट छन् । त्यस अगाडि इंग्ल्यान्ड आफ्नो दोस्रो इनिङ्समा १ सय ९२ रन बनाएर अलआउट भएको थियो । यससँगै भारतले १ सय ९३ रनको लक्ष्य पाइएको थियो ।

अब भारतले टेस्टको पाँचौं तथा अन्तिम दिन जितका लागि प्रयास गर्नेछ भने इंग्ल्यान्डसामु आफ्नो प्रतिद्वन्द्वीलाई सस्तोमा समेटेर खेल आफ्नो पक्षमा पार्ने अवसर पनि हुनेछ । पाँच टेस्टको शृंखला १–१ को बराबरीमा रहेको छ । 

कान्तिपुर

Link copied successfully