काठमाडौँ — विश्व स्ट्रेन्थ लिफ्टिङ एन्ड इन्क्लाइन बेन्चप्रेस च्याम्पियनसिपको १२ औं संस्करणमा नेपालका केदारमान स्थापितले भाग लिने भएका छन् ।
त्यसका लागि उनी मंगलबार थाइल्यान्डको पटाया जाने भएका छन् । असार ३२ देखि साउन ३ सम्म हुने प्रतियोगितामा केदारले ५० वर्षमाथि पुरुष ७६ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् ।
उनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङलगायतले सोमबार बिदाइ गरे ।
