तेक्वान्दोकी काजल अमेरिकामा निर्णायक बन्ने

असार ३०, २०८२

कान्तिपुर संवाददाता

Kajal of Taekwondo will be a judge in America

काठमाडौँ — तेक्वान्दोकी अन्तर्राष्ट्रिय निर्णायक काजल श्रेष्ठले अमेरिकाको क्यालिफोर्नियामा हुने वर्ल्ड तेक्वान्दो च्याम्पियनसिप हान्मादाङमा निर्णायकको भूमिका निर्वाह गर्ने भएकी छन् ।

जुलाई १७ देखि १९ सम्म उक्त च्याम्पियनसिप हुनेछ । १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता काजल ग्योरोगी र पुम्सेमा निर्णायक बन्नेछिन् । उनले यसअघि अस्ट्रेलियन ओपन र जापानमा लगातार दुई वर्ष वाटा ओपन तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकिन् ।  

कान्तिपुर

Link copied successfully