काठमाडौँ — कोल पाल्मेरले दुई गोल गर्दै एउटा अर्को गोलमा सहयोगी भूमिका पनि निभाएपछि चेल्सीले आइतबार पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई ३–० ले पराजित गर्दै क्लब वर्ल्डकप २०२५ को उपाधि जितेको छ ।
मेट लाइफ स्टेडियममा भएको फाइनल खेलमा पाल्मेरले २२ र ३० औं मिनेटमा गोल गरे । जाओ पेड्रोले पहिलो हाफको ठीक अगाडि तेस्रो गोल थपे र चेल्सी शानदार जित रच्न सफल रह्यो । चेल्सीले सन् २०२१ मा पनि क्लब वर्ल्डकप जितेको थियो ।
उपाधिको बलियो प्रत्यासी मानिएको पीएसजीका लागि फाइनल खराव अनुभव रह्यो । खेलको ८५ औं मिनेटमा पीएसजी दस खेलाडीमा पनि सीमित रहेको थियो । जाओ नेभेस रातो कार्ड खाएर मैदान छाड्न बाध्य रहे ।
