बंगलादेशसँग नेपालको हार

असार २९, २०८२

कान्तिपुर संवाददाता

Nepal lost to Bangladesh

काठमाडौँ — साफ वुमेन्स यू–२० च्याम्पिनयसिपमा नेपाल आइतबार बंगलादेशसँग ३–२ ले पराजित भएको छ । खेलको अन्तिम प्रहारमा बंगलादेशले गोल गरेपछि नेपाल स्तब्ध भएको हो । 

बंगलादेशका लागि श्रीमती तृष्णारानी सरकारले दोस्रो हाफको इन्ज्युरी समयको आठौं औं मिनेटमा गोल गरिन् । त्यस अगाडि नेपालले २ गोलले पछाडि परेको स्थितिबाट खेललाई २–२ को बराबरीमा ल्याएको थियो । तर नेपाल अन्तिम क्षणमा बंगलादेशी आक्रमणलाई रोक्न असफल रह्यो । 

ढाकाको बसुन्धारा किंग्स एरिनामा भएको खेलमा दुवै टिम दोस्रो हाफपछि दस/दस खेलाडीमा सीमित रहेको थियो । खेलको १३ औं मिनेटमा बंगलादेशले सिना जहान सिखाको गोलको मद्दतले अग्रता लिएको थियो । त्यसपछि ३६ औं मिनेटमा सागोरिकाले दोस्रो गोल थपिन् । त्यसपछि नेपालका लागि अनि राईले पेनाल्टीबाट गोल गरिन् भने मीना देउवाले दोस्रो गोल थपिन् ।

त्यस अगाडि भएको खेलमा भुटानले श्रीलंकालाई ५–० ले पराजित गरेको थियो । त्यसमा भुटानका लागि संगे याङ्मो र केल्देन याङ्मोले २/२ गोल गरे । यस्तै नाम्सेल याङ्मोले १ गोल गरिन् । भुटान पहिलो हाफमा ३ गोलले अगाडि रहेको थियो । 

कान्तिपुर

Link copied successfully