काठमाडौँ — इंग्ल्यान्डले भारतविरुद्धको तेस्रो टेस्टको तेस्रो दिन शनिबार झिनो अग्रता लिएको छ । लन्डनको लर्डसमा भइरहेको टेस्टमा इंग्ल्यान्डले आफ्नो दोस्रो इनिङ्स सुरु गरेर विना विकेटको क्षति दुई रन बनाएको छ ।
घरेलु टिमलाई प्राप्त अग्रता पनि दुई रन नै रहेको छ । त्यस अगाडि भारत आफ्नो पहिलो इनिङ्समा ३ सय ८७ रन बनाएर अलआउट भएको थियो । इंग्ल्यान्डले पनि आफ्नो पहिलो इनिङ्समा ३ सय ८७ रन नै बनाएको थियो ।
भारतका लागि केल राहुलले सय रनको इनिङ्स खेले । यस्तै ऋषव पन्तले ७४ र रविन्द्र जडेजाले ७२ रन बनाए । पाँच टेस्टको शृंखला रोमाञ्चक १–१ को बराबरीमा रहेको छ ।
