एनपीएल अक्सनलाई खेलाडी दर्ता

असार २८, २०८२

कान्तिपुर संवाददाता

Player registration for NPL auction

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको अक्सनका लागि खेलाडी दर्ता प्रक्रिया खुल्ला गरेको छ ।

खेलाडीहरूले आफ्नो इच्छाअनुरूप ‘ए’, ‘बी’ र ‘सी’ कुनै पनि क्याटोगरीमा दर्ता गर्न पाउने क्यानले शनिबार जनाएको छ । 

साउन ६ गतेभित्र खेलाडीहरूले आफ्नो नाम दर्ता गरिसक्नुपर्नेछ । त्यसका लागि १ हजार रुपैयाँ दस्तुरसहित एनपीएलको वेबसाइटमा दर्ता गर्नुपर्नेछ । क्यानले भविष्यमा मिनी अक्सन गर्ने जनाएको थियो । 

हालै मात्र एनपीएलको फ्रेन्चाइज टोलीहरूले रिटेन्सन र रिलिज गरेका थिए । टोलीमा रहेका १२ नेपाली खेलाडीमा क्लबले हालै ६–७ खेलाडी रिटेन गर्दै अन्यलाई रिलिज गरेका थिए । 

कान्तिपुर संवाददाता

Link copied successfully